समाचार

बट्टाई र अन्डा बेचेर मासिक ४० हजार

हेटौंडा : बट्टाई र अन्डा बेचेर एक युवाले मासिक ४० हजार रुपैयाँ आम्दानी गरिरहेका छन् । हेटौंडा–४ चिसापानीका युवा प्रकाश सुवेदीले हेटौंडामा पहिलो पटक बट्टाई फार्म सञ्चालन गरेका हुन् । कुखुराको तुलनामा धेरै प्रोटिन भएकाले मासु तथा अन्डाका लागि राम्रो मानिएको बट्टाईका दैनिक चार सय अन्डा उत्पादन भइरहेको फार्म सञ्चालक सुवेदीले बताए । विदेश जाने तयारी […]

समाचार

क्रान्तिशिखा धिताल मिस ग्लोब इन्टरनेशनल

२१ वर्षिय क्रान्तिशिखा धिताल मिस ग्लोब इन्टरनेशनल भएकी छिन्। राजधानीमा अायोजित सुन्दरी प्रतियोगितामा धितालले ‘बेस्ट पर्सनालिटी’ उपाधि जित्दै प्रथम विजयी भएको हो। हाल भएको सुन्दरी प्रतियोगिता स्टार इन्टरटेन्मेन्ट अयोजित यो तेस्रो प्रतियोगिता हो भने यस अघीको प्रथम उपाधी मिना बाँस्कोटा‌ले जितेको थियो। अश्विनी झाको कोरियोग्राफी र कार्यक्रम सञ्चालन भएको प्रतियोगितामा ललितपुरको कुसुन्तीकी २१ वर्षिया ओसन […]

समाचार

विश्वकै अन्तिम उत्तरी सेतो भाले गैँडा मर्‍यो

एजेन्सी: विश्वकै अन्तिम सेतो उत्तर भाले गैँडा ४५ वर्षको उमेरमा मंगलबार मरेको छ । केन्याको राजधानी नैरोबीबाट २५० किलोमिटरमा अवस्थित ओल पेजेता संरक्षण क्षेत्रमा रहँदै आएको यो एक मात्र पुरुष गैँडा मरेको हो । भाले गैँडा मरेसँगै यो प्रजातिमा अब केबल दुई पोथी गैँडा मात्रै बाँकी रहेका छन् । केन्यामा वन्यजन्तुको रक्षामा सक्रिय एक संस्थाले यसको […]

समाचार

भैरहवाको गौतमबुद्ध विमानस्थलमा यती एयरको विमान दुर्घटना

बुटवल — भैरहवाको गौतमबुद्ध विमानस्थलमा आइतबार यती एयरको विमान दुर्घटना भएको छ । विमानमा रहेका २६ जना यात्रु र चालक दलका सदस्य भने सकुशल रहेका छन् । काठमाडौंबाट आएको विमान रन वे मा गुडिरहेका बेला चक्का लग हुँदा विमान दुर्घटनाग्रस्त भएको छ। रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीका अनुसार काठमाडौंबाट ४:४० मा उडेको जुलेट चार्ली विमान […]

समाचार

सी जिन फिङलार्इ बधार्इ दिँदै ओलीले भनेः एक चीन नीति हाम्रो लाइन

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चिनियाँ राष्ट्रपति सि जिङ फिङ पुनः राष्ट्रपतिमा निर्वाचित भएकामा शनिबार बधाई दिएका छन् । प्रधामन्त्री ओलीले दिएको बधाई सन्देशमा नेपाल र चीनबीचको सम्बन्ध सुमधुर रहेको उल्लेख गर्दै उच्चस्तरमा हुने भ्रमण र जनस्तरको सम्बन्धले यसलाई अझ प्रगाढ बनाउने बताएका छन् । सन्देशमा प्रधानमन्त्री ओलीले नेपाल ‘एक चीन नीति’ प्रति प्रतिबद्ध रहेको […]

समाचार

दूध बेचेर पानी किन्छन् भूकम्पपीडित

पनौती : भूकम्पपछि पानीका मुहान सुकेसँगै काभ्रेको मण्डनदेउपुर नगरपालिका–१० का स्थानीय दूध बेचेर पानी किन्न बाध्य छन्। भूकम्पपछि पानीका मुहान सुकेसँगै दैनिक पिउन र सरसफाइका लागि पानीको कमी भएपछि अभाव हटाउन दूध बेचेर पानी किन्न बाध्य भएका हुन्। करिब तीन हजार जनसंख्याले भोगचलन गर्दै आएको पानीको मुहान सुकेकाले चण्डेनीमण्डन भेगका स्थानीय दूध बेचेर पानी किन्न बाध्य […]

समाचार

बंगलादेशले भन्यो : पहिचान नभएका शव बुझ्दैनौं

काठमाडौं  : बंगलादेशले अफ्ना देशका नागरिकको शव पहिचान नभएसम्म शव नबुझ्ने भएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भएको युएस बंगला विमान दुर्घटनामा मृत्यु भएका नागरिकको शव जसरी पनि पहिचान गर्नुपर्ने बंगलादेशले माग गरेको छ । दुर्घटनापछि नेपाल आएको बंगलादेशी उच्चस्तरीय टोलीले  छलफलका लागि नागरिक उड्यायन प्राधिकरणसँग  सम्बन्धीत छलफलका क्रममा पहिचान हुन नसकेके अवस्थामा डिएनए परीक्षण गरेर […]

समाचार

प्रसिद्ध भौतिकशास्त्री स्टेफेन हकिङको निधन

काठमाडौं : प्रसिद्ध वैज्ञानिक स्टेफन हकिङको मृत्यु भएको छ। ‘मोटोर न्यूरोन’ रोगबाट पीडित हकिङको ७६ वर्षको उमेरमो बुधबार बिहान मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। क्याम्ब्रिज विश्वविद्यालयको सेन्टर फर थेयोरेटिकल कस्मोलोजीमा अनुसन्धान निर्देशक समेत रहेका हकिङले भौतिकशास्त्र तर्फ नोबेल पुरस्कार पाएका थिए। हकिङले ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ लगायत कयौँ चर्चित पुस्तकहरू लेखेका छन्। […]

समाचार

यसरी भयो विमान दुर्घटना

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र अहिलेसम्मकै ठूलो विमान दुर्घटना भएको छ । चालक दलका सदस्यसहित ७१ जना सवार यूएस बंगला विमान सोमबार दिउँसो २.१८ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा ४९ जनाको मृत्यु र २२ जना घाइते भएका छन् । बंगलादेशको राजधानी ढाकाबाट ६७ यात्रु बोकेर काठमाडौं आइरहेको ७२ सिट क्षमताको ‘डास-८ बम्बार्डियर’ त्रिभुवन विमानस्थलमा अवतरण […]

समाचार

जहाज पुरै जल्यो, १४ यात्रुको उद्दार

काठमाडौँः बंगलादेशको राजधानी ढाकाबाट ७८ यात्रुसहित आएको युएस बंगला विमान कम्पनीको बम्बार्डियर जहाज त्रिभुवन विमानस्थलमा दुर्घटना भएर पुर्णरुपमा जलेको छ । दिउँसो सवा २ बजे अवतरणका क्रममा धावनमार्ग भन्दा केही बाहिर पुगेर दुर्घटनाग्रस्त हुँदा आगलागी भएको हो । आगलागी भएपछि जहाज पुरै जलेर नष्ट भएको त्रिभुवन विमानस्थल कार्यालयका महाप्रवन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए । ठाकुरका अनुसार […]