समाचार

क्रान्तिशिखा धिताल मिस ग्लोब इन्टरनेशनल

२१ वर्षिय क्रान्तिशिखा धिताल मिस ग्लोब इन्टरनेशनल भएकी छिन्। राजधानीमा अायोजित सुन्दरी प्रतियोगितामा धितालले ‘बेस्ट पर्सनालिटी’ उपाधि जित्दै प्रथम विजयी भएको हो। हाल भएको सुन्दरी प्रतियोगिता स्टार इन्टरटेन्मेन्ट अयोजित यो तेस्रो प्रतियोगिता हो भने यस अघीको प्रथम उपाधी मिना बाँस्कोटा‌ले जितेको थियो।

अश्विनी झाको कोरियोग्राफी र कार्यक्रम सञ्चालन भएको प्रतियोगितामा ललितपुरको कुसुन्तीकी २१ वर्षिया ओसन प्रधान बेस्ट फिजिक सहित फर्स्ट रनरअप, बल्खुकी निर्जला अधिकारी बेस्ट वाक, मस्ट फोटोजेनिक र मिस ट्यालेन्ट सहित सेकेन्ड रनरअप तथा रीना बोमजम मस्ट कन्फिडेन्ट सहित थर्ड रनरअप भएकी थिइन्। राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा भएको प्रतियोगितामा सानु परियार बेस्ट हेयर, सरुची तामाङ बेस्ट स्किन, विनिता कुमारी ठाकुर बेस्ट फिटनेस, रिमा भट्टराई बेस्ट कन्जिनिरियालिटी, श्वेता खनाल मस्ट डिस्सिप्लिन र मस्ट एक्टिभ, यमुमा बिस्ट फेसबुक चोइस् र भ्युअर्स चोइस् तथा अनुषा श्रेष्ठ बेस्ट डान्सर र मस्ट आइकनिक आइज् भएका थिए।

विभिन्न मनोरञ्जक प्रस्तुतीका साथ सम्पन्न प्रतियोगितामा हिसानका अध्यक्ष तथा गोल्डेन गेट इन्टरनेशनलका सिईअो रमेश सिलवाल, नायिका खुश्वु खड्का, मिसेस नेपाल इन्टरनेशनल सरुची पाण्डे, पत्रकार सुर्य चन्द र सँगीतकार सरोज प्याकुरेल निर्णायक रहेका थिए। प्रतियोगिताकी आयोजक पुजा निरौलाले युवतीहरुको व्यक्तित्व र आत्मविश्वास अभिवृद्धिका लागि मिस ग्लोब इन्टरनेशनल आयोजना गरिएको बताईन्। कार्यक्रम सम्राट शाहको संयोजनमा भएको थियो।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *