समाचार

विश्वकै अन्तिम उत्तरी सेतो भाले गैँडा मर्‍यो

एजेन्सी: विश्वकै अन्तिम सेतो उत्तर भाले गैँडा ४५ वर्षको उमेरमा मंगलबार मरेको छ । केन्याको राजधानी नैरोबीबाट २५० किलोमिटरमा अवस्थित ओल पेजेता संरक्षण क्षेत्रमा रहँदै आएको यो एक मात्र पुरुष गैँडा मरेको हो ।

भाले गैँडा मरेसँगै यो प्रजातिमा अब केबल दुई पोथी गैँडा मात्रै बाँकी रहेका छन् । केन्यामा वन्यजन्तुको रक्षामा सक्रिय एक संस्थाले यसको स्याहार र सुरक्षा गर्दै आएको थियो । त्यो संस्थाका अनुसार अब विश्वभरमा उसका दुई उप-प्रजाति मात्रै बाँकी रहेका छन् ।

केन्याको ओल पेजेता संरक्षण क्षेत्रले मंगलबार भनेको छ, ‘विश्वको अन्तिम उत्तरी सेतो गैँडा ‘सुडान’ को १९ मार्चमा मृत्यु भएको छ । उसको उमेर ४५ वर्ष थियो ।’

सूडानको खुट्टामा संक्रमण भएको थियो । खुट्टामा संक्रमण भएपछि उसको उपचार भइरहेको थियो । यो गैँडा ओल पेजेता संरक्षण क्षेत्रमा अन्य दुई पोथी गैँडासहित रहँदै आएको थियो ।

संरक्षण क्षेत्रका कर्मचारीले सूडान र पोथी गैँडाबीच प्राकृतिक रुपमा यौनसम्बन्ध स्थापित गराउने धेरै प्रयास गरिएको थियो । यसको प्रजाति बचाउन पोथी गैँडालाई गर्भवती बनाउने स‌ंरक्षण क्षेत्रको प्रयास सफल हुन सकेन ।

यसका साथै गत वर्ष डेटिङ्ग एप टिन्डरमा पनि सूडानको प्रोफाइल बनाइएको थियो । प्रजनन क्षमताको उपचारका लागि ९ मिलियन डलर रकम जम्मा गर्न यो प्रयास गरिएको थियो ।

सूडानको पछाडिको दायाँ खुट्टामा घाउका कारण उसालई कृत्रिम मृत्यु दिने पनि चर्चा थियो । तर उओल पेजेटेका स्टिफन गुलुका अनुसार पेनकिलर र एन्टिबायोटिक्समार्फत उसको घाउ धेरै ठीक भएको थियो ।

अफ्रिकाको सहारा उपक्षेत्रमा हजारौँ दक्षिणी सेता गैँडा रहेका छन् । तर अवैध चोरी शिकारका कारणा उत्तरी सेतो गैँडा लोप हुने अवस्थामा पुगेको हो ।

शिकारी उत्तरी सेतो गैंडाको सिङ्ग ५० हजार डर प्रतिकिलोका दरले बेच्छन् । चोरी शिकारका कारण यिनको संख्यामा भारी कमी आएको थियो । सन् १९९० सम्म यिनीहरुको ४ सयको हाराहारीमा थिए । सन् १९७० मा यिनको संख्या २० हजार भन्दा धेरै थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *