समाचार

सी जिन फिङलार्इ बधार्इ दिँदै ओलीले भनेः एक चीन नीति हाम्रो लाइन

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चिनियाँ राष्ट्रपति सि जिङ फिङ पुनः राष्ट्रपतिमा निर्वाचित भएकामा शनिबार बधाई दिएका छन् ।

प्रधामन्त्री ओलीले दिएको बधाई सन्देशमा नेपाल र चीनबीचको सम्बन्ध सुमधुर रहेको उल्लेख गर्दै उच्चस्तरमा हुने भ्रमण र जनस्तरको सम्बन्धले यसलाई अझ प्रगाढ बनाउने बताएका छन् ।

सन्देशमा प्रधानमन्त्री ओलीले नेपाल ‘एक चीन नीति’ प्रति प्रतिबद्ध रहेको र नेपालको भूमी चीनविरुद्ध प्रयोग हुन नदिइने उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले राष्ट्रपति फिङको कार्यकालमा दुई देशबीचको आपसी सम्बन्ध अझ दरिलो हुने विश्वास व्यक्त गरेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *