Music

तिते पाते: डमरुको डण्डीबियोको नयाँ गीत सार्वजनिक

चलचित्र ‘पशुपति प्रसाद’ को सफलता पछि चर्चित बनेका कलाकार खगेन्द्र लामिछाने अभिनित नयाँ चलचित्र ‘डमरुको डण्डीबियो’ को पहिलो गीत सार्वजनिक भएको छ। ‘तिते पाते’ बोल रहेको यस गीतमा लोकप्रिय गायक काली प्रसाद बास्कोटाको स्वर रहेको छ।

केही समय अघि खगेन्द्र लामिछानेले डण्डीबियो खेलिरहेको चलचित्र ‘डमरुको डण्डीबियो’ को एक पोस्टर सार्वजनिक गरेर नै सिनेमा नगरी तत्ताइसकेको थियो। चलचित्रको नामले नै प्रष्ट गर्दछ कि यो चलचित्र नेपालको राष्ट्रिय खेल मध्ये एक डण्डीबियोको माथि रहेको छ।

‘तिते पाते’ गीतमा डण्डीबियो खेल खेल्नु अघि अभ्यास गर्ने क्रमको मिहिनेतलाई देखाइएको छ र त्यहीँ स्थिति अनुसारको हौसला दिने दमदार गीत रहेको छ। यस गीतमा स्वर तथा सँगीत दुवै काली प्रसाद बास्कोटाको रहेको छ भने लेख काली प्रसाद बास्कोटा लगायत एकतारे र हर्क सौदको रहेको छ।

बिनोद गुरुङको र नर्बु छिरिङ घले निर्माण , चेतन गुरुङको निर्देशनमा बनेको ‘डमरुको डण्डीबियो’ मा खगेन्द्र लामिछाने साथसाथै अंकित खड्का, अनुप बराल, मेनुका प्रधान, नमिता घिसिङ, लक्ष्मी बर्देवा, आशन्त शर्मा, मिश्री थापा, इन्जी होप्पो कोइन्च सुनुवार र बुद्धि तामाङ पनि अभिनित छन्।

वैशाख २१ गते प्रदर्शनमा अाउने भनिएको यस चलचित्र हरि हुमागाँइको छायांकन, प्रितम पाण्डेको सम्पादन, कालिप्रसाद बाँस्कोटाको सँगीत र समृद्धि इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको छ। चलचित्रको लेखन पनि अभिनेता तथा लेखक खगेन्द्र लामिछाने आफैँको नै रहेको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *