समाचार

जहाज पुरै जल्यो, १४ यात्रुको उद्दार

काठमाडौँः बंगलादेशको राजधानी ढाकाबाट ७८ यात्रुसहित आएको युएस बंगला विमान कम्पनीको बम्बार्डियर जहाज त्रिभुवन विमानस्थलमा दुर्घटना भएर पुर्णरुपमा जलेको छ ।

दिउँसो सवा २ बजे अवतरणका क्रममा धावनमार्ग भन्दा केही बाहिर पुगेर दुर्घटनाग्रस्त हुँदा आगलागी भएको हो । आगलागी भएपछि जहाज पुरै जलेर नष्ट भएको त्रिभुवन विमानस्थल कार्यालयका महाप्रवन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए ।

ठाकुरका अनुसार दुर्घटनापछि आगलागीमा परेर घाइते भएका १४ जना यात्रुलाई उद्दार गरेर सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज र निजामती अस्पताल पठाइएको छ ।

अहिले घटनास्थलमा उद्दारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र विमानस्थलका कर्मचारी तथा वारुण यन्त्रसहितको ठुलो टोली परिचालित भएको ठाकुरले जानकारी दिए ।

विमानमा लागेको आगो करिब नियन्त्रण भइसके पनि विमान जोगाउन नसकिएको ठाकुरले अन्नपूर्णलाई बताए । बं‌गलादेशको अनलाइन डेली स्टारका अनुसार कलसाइन एस २ एजीयु भएको विमान दुर्घटनामा परेको हो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *