Bollywood समाचार

श्रीदेवीको मृत्यु पानीमा डुबेर

मुम्बई : भारतीय सुपरस्टार श्रीदेवीको मृत्यु पानीमा डुबेर भएको दुबईमा गरिएको विधिविज्ञान परीक्षणमा देखिएको छ। यसअघि उनको मृत्यु हृदयाघातका कारण भएको बताइएको थियो।

समाचारअनुसार श्रीदेवीलाई पहिले बाथरुममा चक्कर आयो। उनी बाथटबमा लड्दा डुबेर मृत्यु भयो। १५ मिनटसम्म बाहिर नआएपछि पति बोनी कपुरले बोलाएका थिए। कुनै प्रतिक्रिया नआएपछि ढोका खोलेर बाथरुम पस्दा उनी बेहोश थिइन्। तुरुन्त डाक्टर बोलाइएपछि उनलाई मृत घोषित गरियो।

परिवारसहित भान्जाको विवाह समारोहमा सहभागी हुन दुबई गएको बेला शनिबार एक होटेलमा उनको मृत्यु भएको थियो। मृत्युको कारणसहितको विवरण दुबई प्रहरीले श्रीदेवीको परिवार र भारतीय वाणिज्य दूतलाई उपलब्ध गराएको छ। श्रीदेवीले पाँच दशकको अवधिमा तीनवटा चलचित्रमा अभिनय गरेकी थिइन्।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *