समाचार

बलिरहेको मैनबत्तीमाथि हात राख्न लगाउने प्रधानाध्यापकविरुद्ध मुद्दा दायर

विद्यार्थीलाई बलिरहेको मैनबत्तीमाथि हात राख्न लगाएर सजाय दिने प्रधानाध्यापकविरुद्ध भारतीय प्रहरीले मुद्दा दायर गरेको छ । भारतको पूर्वी प्रान्त झारखण्डको एउटा निजी विद्यालयकी प्रधानाध्यापक  सुशान्ती हेमब्रोमले  कक्षामा पैसा चोरी भएको विषयमा विद्यार्थीलाई सोधपुछ गर्ने क्रममा १३ जना विद्यार्थीलाई मैनबत्तिको लप्कामाथि हात राख्न लगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

शिक्षिकाले दोषी विद्यार्थीले डरले आफ्नो गल्ती स्वीकार गर्लान् भन्ने उद्देश्यले आफूले सो सजाय दिएको बयान प्रहरीसमक्ष दिएकी छिन् । भारतका विद्यालयहरुमा विद्यार्थीहरुलाई कडा शारीरिक दण्ड दिन प्रतिबन्ध लगाइएको भएपनि  दैनिक जसो शारीरिक सजायका घटना आउने गरेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *